काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको छ।
अदालतले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीको साइबर ब्यूरोलाई अनुमति दिएको हो ।
अदालतका श्रेष्तेदार रामु शर्माका अनुसार उनीविरुद्ध साइबर ब्यूरोमा उजुरी परेकाले पक्राउ गरी अनुसन्धान गर्न अदालतले अनुमति द्यिको हो ।
अदालतले प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । प्रसाईं केही समयदेखि लघुवित्त, सहकारी संस्थालगायतबाट सर्वसाधारणको ऋण मिनाह बनाइदिने भन्दै आन्दोल छेडेपछि बढी चर्चामा छन् ।











