काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र ओमानका विदेशमन्त्री सैयद बदर बिन हमाद बिन हमूद अल्बुसैदी बीच शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओलीसँग मङ्गलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदबारमा ओमानका विदेशमन्त्री अल्बुसैदीले शिष्टाचार भेट गरेका हुन् ।
भेटमा दुई पक्षीय हित र चासोसहित पारस्परिक लाभका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।











