साउन १५ टर्की टर्कीका राष्ट्रपति रिसेप टइप एर्डोगानले आफ्नो अपमान गरेको आरोपमा दायर भएका सबै मुद्दा फिर्ता लिने बताउनुभएको छ । टर्कीमा झण्डै दुई हजार जना विरुद्ध राष्ट्रपतिको अपमान गरेको भन्दै मुद्दा दायर भएको छ ।
राष्ट्रपति एर्डोगानले राष्ट्रिय एकता बढाउन भन्दै आफ्नो अपमान गरेको आरोपमा दायर भएका मुद्दाबाट आरोपितलाई मुक्त गर्ने निर्णय गरेको बिबिसीले जनाएको छ । जुलाई १५ मा भएको असफल सैनिक कु पछि प्रजातन्त्रको रक्षाका लागि नागरिकले देखाएको एकताबाट रापष्ट्रपति एर्डोगान प्रभावित भएका हुन् ।।











