इन्द्रेणी संवाददाता
दाङ । दाङमा पानीको इनार सफा गर्न गएको दुई जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँस्थित दुर्गा विकको इनार सफा गर्न गएका सोही निवासी मुकेश विक र यामबहादुर नेपालीको ज्यान गएको हो ।

उनीहरु इनारमा फसेको खबर पाएपछि इलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी पोष्ट दमारगाउँबाट गएको प्रहरी टोलीले दुबै जनालाई इनारबाट निकालेको थियो ।

प्रहरीले इनारबाट निकालेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाएको थियो । तर उनीहरुलाई अस्पतालले ११ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरु विहान करीव साढे १० बजेतिर इनारमा फसेको बताइएको छ ।