इन्द्रेणी संवाददाता
दाङ । दाङमा प्रहरीले लागुऔषध ब्राउनसुगर सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका १७ बस्ने शान्तराज योगी, सरोज डाँगी र विक्रम श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरुबाट ३४० मिलिग्रामम ब्राउन सुगर समेत बरामद गरिएको छ । उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी उपरीक्षक रामप्रसाद तिमिल्सेनाले जानकारी दिएका छन् ।