इन्द्रेणी संवाददाता
दाङ । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम विस्फोट भएको छ । आज विहान ९ बजेतिर सुतली वम विस्फोट भएको हो । तर प्रहरीले भने यसलाई संकास्पद बस्तु विस्फोट भएको बताएको छ ।
प्रहरीका अनुसार विहान ९ बजेतिर रा ८ प ३३२३ नम्बरको मोटसाइकलमा आएका दुई जना व्यक्तिले जुटको बोरीमा बेरेर संकास्पद बस्तु फालेको र सो वस्तु विस्फोट भएको हो । विस्फोटनबाट मानवीय तथा भौतिक कुनै पनि क्षति नभएको प्रहरीले जनाएको छ ।
संकास्पद वस्तु फाल्ने ती दुई जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका १५ का सुभम कार्की र अभियान थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिएका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











