काठमाडौँ । सोलुखुम्बुको खुम्बुमा हिमताल फुट्दा थामे गाउँका घरहरू बगाएको छ । हिमताल फुट्दा खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर ५ थामेमा एक विद्यालयसहित १४ घर घरहरू बगाएको हो । यसबाट दुधकोशी तटीय क्षेत्रमा जोखिम बढेको छ ।
दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको शिरमा रहेका केही हिमताल फुट्दा थामे बस्तीका केही घर र होटलहरु बगाएको हो । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार नेपाली सेनाले बाढीमा फसेका सात जनाको उद्धार गरेको छ।
सो ठाउँमा पुग्न सोलु सदरमुकामबाट पैदल हिँडेर जाँदा चार–पाँच दिन लाग्छ । खुम्बु पासाङल्हमु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरि शेर्पाले थामे खोलाको शिरमा रहेका हिमतालहरू फुटेर बाढी आएको अनुमान गरिएको छ । थामेको बाढी दुधकोशीमा मिसिएसँगै दुधकोशी तटीय क्षेत्रमा जोखिम बढेको छ ।
