काठमाडौं । आज लुम्बिनी, कर्णाली, सुदूरपश्चिम ,कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । नेपालमा मनसुनी वायुको प्रभाव रहेकाले भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिउँसो कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित मध्यम वर्षाको पनि सम्भावना रहेको छ।
हाल देशभर साधारणतया बदली रहेको छ। राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू र मधेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित मध्यम वर्षा हुनेछ। वर्षातका कारण प्राकृतिक विपदका घटना हुन सक्ने भन्दै सर्तक रहन पनि मौसमविदहरुले आग्रह गरेका छन् ।
