काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा रहेको मनकामना धागो उद्योगमा आगलागी भएको छ।
उद्योगमा आगोलागेको जानकारी पाउनासाथ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी अहिले घटनास्थल पुगेर आगो निभाउने कार्य जारी रहेको छ ।
उक्त धागो उद्योग ओखलढुङगा लिखु गाउपालिका ४ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका(२ सुन्दरीजलस्थित भूमिस्थलीका बुद्धीबहादुर कार्कीले सञ्चालन गर्दै आएका छन् ।











