काठमाडौँ । हिजो भएको एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा चालक दलको कमजोरी भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बिहीबार सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा प्रारम्भिक प्रतिक्रिया दिएका हुन् ।

सिभिल एभिएशनको भिजियोल फ्लाईट रुट (भिएफआर) ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकोप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको प्राधिकरणको उने बताए ।

महानिर्देशक अधिकारीले ‘‘आज बिहान माननीय मन्त्रीज्यू, सचिवज्यू, हामी गएर साइट पनि हेर्‍यौं । यसको रुटकज चाहिं सरसर्ती हेर्दाखेरी यद्यपि यो छानबिन आयोगले नै बताउला । ब्याड वेदरमा यो प्रवेश गरेको कारण, बादलभित्र प्रवेश गरेको कारण र ऊ फर्कने क्रममा लेफ्ट टर्न गर्दाखेरी ठोक्किएको देखिन्छ । यो चाहिँ पाइलोटिङ कमाण्डले हाम्रो सिभिल एभिएशनको भिजियोल फ्लाइट रुट अनुसार नगएर यसरी बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो । यो कानुनले वर्जित गरेको विषय हो । यो रुटकज भनेको चाहिँ भीएफआरको उल्लङ्घन गरेका कारण दुर्घटना भएको देखिन्छ हाम्रो अनुसन्धानमा । यसको डिटेल इन्भेष्टिगेशनत सरकारले गठन गरेको आयोगले नै बताउला ।’’

महानिर्देशक अधिकारीले भिएफआरको अनुमति विपरीत हेलिकोप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको दलिल पेश गरे । साउन २३ गते बुधबार सो हवाईजहाज दुर्घटना हुँदा चार जना चिनियाँ नागरिकसहित पाँच जनाको मृत्यु भएको थियो ।