काठमाडौं । नुवाकोटको शिवपुरी ७ सूर्य चौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनास्थलमा जलेको अवस्थामा भेटिएको हेलिकप्टरबाट एक महिला र चार पुरुषको शव निकालिएको नुवाकोटाका डिएपी तिलक भारतीले जानकारी दिएका छन् । हेलिकप्टरमा सवार पाँच जनामध्ये चार जना चिनियाँ नागरिक भएको खुलेको छ ।

काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको (एन एजेडी) दुर्घटनाग्रस्त भएको हो । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । दिउँसो १ बजेर ५४ मिनेटमा उडेको हेलिकप्टर ३ मिनेटमै सम्पर्कविहीन भएको थियो ।