काठमाडौं । विद्यार्थीको चर्काे आन्दोलका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिना राजीनामासहित देश छोडेपछि अन्तरिम सरकार प्रमुख मुहम्मद युनुस बने पक्का भएको छ । उनी आज नै सरकार प्रमुख बन्ने छन्। मंगलबार राष्ट्रपति मुहम्मद शाहबुद्दिनले युनुसलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरेका थिए ।
सरकारी कर्मचारीमा सरकारले घोषणा गरेको कोटा हटाउनुपर्ने माग राख्दै विद्यार्थीहरुले करीव दुई महिनादेखि आन्दोलन गर्दै आएका छन् । आन्दोलनका कारण मंगलवार मात्रै एक सय बढीको ज्यान गएको छ भने हालसम्म करीव चार सयको ज्यान गएको छ । शेख हसिना अहिले भारतको शरणमा छन् । हसिनाले देश छोड्न वित्तिकै त्यहाँको सेनाले सरकार कब्जामा लिएको थियो । एजेन्सी
