बक्सिङका राष्ट्रिय खेलाडी इन्द्रबहादुर पुन मगरको निधन भएको छ । आठौ दक्षिण एसियाली खेलकुद साफका काँस्य पदक विजेता इन्द्र बहादुरको गए राति ललितपुरस्थित हरिसिद्धी नेपाल क्यान्सर अस्पतालमा निधन भएको भुपु मगर सैनिक प्रहरी संघका केन्द्रीय अध्यक्ष हुम बहादुर पचभैयाले जानकारी दिनुभएको छ ।
४७ वर्षे पुन विगत दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए । त्रिपुरेश्वर स्थित दशरथ रंगशाला पुगेर उनको पार्थिव शरीरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशव बहादुर बिष्ट, बक्सिङ संघका अध्यक्ष राम अवाले, सिनियर कोच प्रकाश थापा, खेलाडी, शुभचिन्तकहरु रंगशाला पुगेको श्रन्द्धान्जली दिएका सैनिक प्रहरी संघका अध्यक्ष पचभैयाले जानकारी दिनुभयो । २०४६ सालमा नेपाल प्रहरीमा प्रबेश गरी १० वर्षपछि सेवा बाट अवकास लिएका पुनले २०५३ सालमा राष्ट्रिय बक्सिङ प्रतियोगितामा स्वर्ण पदक जितेका थिए ।
