नयाँ दिल्ली, साउन । पश्चिमी भारतीय सहर पुणेमा आज एक भवन भत्किदा कम्तीमा नौ व्यक्ति मारिएको आशङ्का गरिएको छ । निमार्णधीन अवस्थामा रहेको सो भवन भत्किदाँ नौ व्यक्ति मारिएको आशङ्का भएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।
मुम्बई सहरबाट १६० किलोमिटर टाढा रहको सो इलाकामा निमार्णधीन अवस्थाको १३ तले भवन आज बिहान अचानक भत्किएको थियो । उक्त भवन निमार्णमा कार्यरत नौ जना श्रमिकको मृत्यु भएको आशङ्का गरिएको छ ।
भत्किएको भवन भग्नावशेषमा उद्धारकार्य जारी रहेको तर ती श्रमिकहरुको बाँच्ने आशा भने कम मात्र भएको प्रहरी स्रोतले अनुमान गरेको छ ।