शहिद मार्गमा झरेको पहिरो पन्छाउने क्रममा ढुंगाले चोट लाग्दा जेसेबी अपरेटर घाइते  भएका छन् । पहिरोका कारण चार दिन देखी अबरुद्ध शहिदमार्ग सडक खण्डको पहिरो हटाउने क्रममा ढुंगाले टाउकोमा लाग्दा अपरेटर घाईते भएका हुन । घाइतेको अहिले घोराहीमा उपचार भईरहेको छ ।

madan_1369212148
फाइल तस्वीर

शहिदमार्ग अन्तरगत दाङ सैघाको पेडामा सोमबार गएको पहिरोका कारण अबरुद्ध भएको सडक अझै खुल्न सकेको छैन् । वर्षाका कारण पहिरो खस्ने क्रम नरोकीएको हुँदा जेसेबीको प्रयोग गरि कामगर्न समेत चुनौती पूर्ण बनेको सरोकारवालाहरुले बताएका छन् ।

अहिले पहिरो पञ्छाउने काम रोकिएपछि सडक खुल्न अझैं केही दिन लाग्ने जलजला यातायात व्यवसाय समिति होलेरी काउन्टरका यामबहादुर थापाले जानकारी दिनुभयो । सडक अवरुद्ध हुदा दाङको घोराहीदेखी रोल्पाको होलेरी हुदै तिला, घर्तीगाउँ र प्यूठानको स्वर्गद्धारी छुट्ने गाडीहरु ठप्प भएका छन् ।।