बुद्धि पुन
सल्यान, १५ साउन
सल्यानमा दुई बिषयसम्म सैद्धान्तिक तर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याएर पूरक तथा ग्रेट वृद्धि परीक्षा दिने विद्यार्थिकोे सङख्या ७ सय ९५ रहेको जिल्ला शिक्षा कार्यालय सल्यानले जनाएको छ । सल्यानमा शिव जन उमाबि शितलपाटी र त्रिभुवन जनता उमाबि लुहापिङ बाट परीक्षा संञ्चालन भईरहेको छ ।desk

जसमा शिव जन उमाबि शितलपाटी परीक्षा केन्दमा छात्र १ सय ९१ , तथा छात्रा २ सय ११ र त्रिभुवन जनता उमाबि लुहापिङमा छात्र २ सय ६ तथा छात्रा १ सय ८७ गरि ७ सय ९५ जना बिद्यार्थीहरु पूरक अर्थात् ग्रेट वृद्वि परीक्षामा सामेल रहेका छन् ।

हिजो पहिलो दिन अनिवार्य अंग्रेजी बिषयको परिक्षा सम्पन्न भएको छ ।।