इन्द्रेनी संवाददाता
जाजरकोट –जाजरकोटलाई एक कार्यक्रमका साथ साक्षर जिल्ला घोषण गरिएको छ ।जिल्लाका सबै गाविस र एक नगरपालिका नागरिकहरु साक्षर भएको भन्दै जाजरकोटलाई साक्षर जिल्ला घोषण गरिएको हो ।
गृहमन्त्री शक्तिवहादुर वस्नेतले साक्षर जिल्ला घोषण लेखिएको पत्र पढेर सुनाएपछि जाजरकोटलाई साक्षर जिल्ला घोषणा गरिएको हो । कार्यक्रममा वोल्दै गृहमन्त्री वहादुर वस्नेतले जाजरकोट स्रोत र साधनले धनी भएपनि विदेशी भुमिमा यहाँका नागरिकहरु विक्री हुनु दुभाग्य भएको भन्दै चिन्ता व्यक्त गरे ।
जिल्लाको शैक्षिक गुणस्तर खस्किएको भन्दै मन्त्री वस्नेतले जाजरकोट र काठमाण्डु विच प्रतिस्पार्दा हुनुपर्ने बताए ।
सवै सरोकारवाला निकाले शिक्षा आर्जन गर्नका लागी वातारण तयार गर्नुपर्ने भनाई मन्त्री वस्नेतले राखे ।
जिल्लाको परिक्षा मर्यादित वनाउनु पर्ने र शिक्षकले पनि विद्यालयमा नियमित पढाउनु पर्ने वस्नेतले बताए ।
शिक्षा क्षेत्रमा कलम चलाएको भन्दै रातोपाटीकर्मी हेमन्त के सीलाई सम्मान गरिएको छ । रातोपाटीमा खबर छ ।
