इन्द्रेणी संवाददाता

kesharman
दाङ, चैत्र १३ । माननीय गृहमन्त्री शक्तिबहादुर बस्नेतले इन्द्रेणी अनलाइन बर्षाको खहरे होइन सदाबहार आफ्नै गतिमा बग्ने नदी बन्नु पर्ने कुरा बताएका छन् ।  पत्रकार  केशरमान बिसी द्वारा संचालित इन्द्रेणी अनलाइन डिजिटल पत्रिकाको दाङको घोराहीमा औपचारिक शुभारम्भ गर्दै  गृहमन्त्री बस्नेतले नयाँ प्रविधिले विश्वलाई खुम्च्याको यो डिजिटल जमानामा अनलाइनले दुर कन्दराको खबर निरन्तर प्रबाह गरेर आवाज हिनहरुको आवाज बन्नुपर्ने शुभकामना दिए ।

शुभारम्भ कार्यक्रममा अनलाइनलाइ शुभकामना दिदै अर्को प्रसंगमा गृहमन्त्री बस्नेतले भने ( ू भर्खरै देशमा जनताको संबिधान घोषणा भएको छ।  अब यसको कार्यन्वानन चुनौती पूर्ण भएकाले सम्पूर्ण दल एक ढिक्का हुनुपर्छ । त्यसैले अहिले देशमा कांग्रेससहितको राष्ट्रिय सहिमतिको सरकार आवस्यक छ । मलाइ विश्वास छ
संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेपाली कांग्रेस वर्तमान सरकारमा सहभागी भएर राष्ट्रिय सहमतिको सरकार निर्माण हुनेछ ।ू

एमाओवादी सरकारबाट बाहिरिएर कांग्रेस नेतृत्वको सरकार निर्माण गर्ने लागेको भन्ने हल्ला मात्र भएको भन्दै गृहमन्त्री बस्नेतले कांग्रेसको नेतृत्वमा सरकार बन्ने कुनै सम्भावना नभएको बताउनुभएको हो । ‘एमाओावादी सरकारबाट बाहिरिन्छ भन्ने हल्लामा कुनै आधार छैन । हालै सम्पन्न केन्द्रीय समितिको बैठकमा कांग्रेसलाई यही सरकारमा सहभागी गराउने भन्ने विषयमा छलफल भएको थियो’, मन्त्री बस्नेतले भन्नुभयो, ‘हाम्रो पार्टी अध्यक्षले उठाएको राष्ट्रिय सहमतिको सरकारको मुद्दालाई कांग्रेसका नेताहरुले गलत प्रचार गरिरहनुभएको छ ।’

वर्तमानको आवस्यकता सरकार भन्दा जारी संविधानको कार्यान्वयन नै रहेको भन्दै बस्नेतले संविधान कार्यान्वयनमा लाग्न सबै दलहरुलाई आग्रह गर्नुभयो । गृहमन्त्री बस्नेतले भन्नुभयो, ‘नेपाली जनताको लामो समयको संघर्षपछि जारी भएको संविधानको कार्यान्वयन नै अहिलेको मूल आवश्यकता हो यसैलाई सरकारले मुख्य प्राथमिकताका साथ अगाडि बढाइरहेको छ ।’

एमाओवादीका स्थायी कमिटिका सदस्य समेत रहेका नेता बस्नेतले सबै वर्ग, क्षेत्र, लिंगले यो देश पनि मेरो हो र यो संविधान पनि मेरो हो भन्ने किसिमको प्रगतिशील संविधान जारी भएकाले अब संविधानको उचित कार्यान्वयनमा सबै लाग्नुपर्ने बताउनुभयो । ‘यो संविधानमा विगतमा जारी भएका संविधानको निरन्तरता वा अर्को संस्करण होइन । यो विल्कुल नयाँ ढँगको मौलिक संविधान हो । यसका आफ्नै विशेषताहरु रहेका छन्, गृहमन्त्री बस्नेतले भन्नुभयो, समाजवाद उन्मुख संविधान हो यो । यो संविधानले केही अपुर्णताहरु हुँदाहुँदै पनि सबैलाई समेटेको छ । यसको सहिरुपमा कार्यान्वयन नै आजको आवश्यकता हो ।’ गृहमन्त्री बस्नेतले संविधानमा केही अपूर्णताहरु भएको भएपनि विश्वका कुनै पनि संविधान शतप्रतिशत उत्कृष्ट नहुने बताउँदै अहिले प्राप्त उपलब्धीलाई कसरी संस्थागत गर्ने भन्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।

क्रान्तिकारी पत्रकार संघ दाङका अध्यक्ष डिल्ली मल्लको अध्यक्षतामा भएको कार्यक्रममा इन्द्रेणी अनलाइन अनलाइनका प्रधान सम्पादक केशरमान विसीले स्वागत मन्तव्य राख्नुभएको थियो, भने सञ्चालन सचिव पाण्डव शर्माले गर्नुभएको थियो ।