इन्द्रेणी संवाददाता
नारायणपुर, १६ चैत । हिन्दु जागरण नेपाल त्रिपुरको आयोजनामा भोलीदेखी नारायणपुरमा धार्मीक महायज्ञ हुने भएको छ । भोली चैत १७ गतेदेखी २४ गतेसम्म आयोजना गरिएको महायज्ञको सम्पूर्ण तयारी पुरा भएको आयोजक मूल समितिले जानकारी दिएको छ । नारायणपुरमा सुर्यनारायण मन्दिर, धर्मशाला निर्माण एवं हिन्दुत्व संरक्षण गर्ने उद्धेश्यका साथ आयोजना गरिएको श्रीमद् भागवत ज्ञानमहायज्ञ तथा धनधान्याञ्चल अनुष्ठान २०७२ को सम्पूर्ण तयारी पुरा भएको आयोजकले महायज्ञ स्थलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । महायज्ञकालागी मञ्च, दान स्थल, पूजापाठ स्थल, गेट निर्माण लगायतका सम्पूर्ण तयारी पुरा भएको मूल आयोजक समितिका संयोजक टेकबहादुर खड्काले जानकारी दिनुभयो । माययज्ञको उद्घाटन भूमीसुधार तथा व्यवस्था मन्त्री विक्रमबहादुर थापाले गर्नुहुने छ । महायज्ञकोलागी मुख्य वाचक तथा वाद्यवादकको टोली दाङ आईपुगेको छ । मुख्य वाचक सुप्रसिद्ध भागवताचार्य गुरुदेव अध्यात्म शिरोमणी पण्डीत रामकृष्ण उपाध्याय सहितको टोली दाङ आईपुगेकोे टोलीमा रहनुभएकी राधा रिमालले जानकारी दिनुभयो ।
भोली शोभायात्राको तयारी पनि पुरा भएको छ । शोभायात्रामा त्रिपुर नगरपालिका सहित जिल्ला स्तरका हिन्दु धर्मालम्वीहरुको सहभागीता रहने शोभायात्रा व्यवस्थापन उपसमितिका संयोजक चन्द्रप्रसाद चौधरीले बताउनुभयो । विभिन्न संसकृति भेषभुषा सहित झाँकी जुलुसको शोभायात्रा विहान १० बजे त्रिपुर ३ सौडिकुलाबाट सुरु हुन छ । सौडिकुलादेखी खैरासम्मको परिक्रमा गरेर महायज्ञ स्थलमा पुग्ने छ । शोभायात्रा पश्चात मध्याह्न १२ बजे भव्य कार्यक्रमका बिच महायज्ञको उद्घाटन गरिने छ । महायज्ञमा विविध धार्मीक कार्यक्रमहरु हुने छन् । जसमा तुला दान, भूमी दान, अन्न दान, नगद दान गर्न सकीने छ । यस्तै महायज्ञमा कलश राख्न सकीने छ भने व्रतबन्ध, चौरासी पूजा, देविदेवताको लागी संकल्पसहित यज्ञमण्डपमा फोटो स्थापना, विवाह, ग्रह शान्ति लगायतका धार्मीक कार्य हुने कार्यसम्पादन समितिका संयोजक ईन्द्रबहादुर रायमाझीले जानकारी दिनुभयो । महायत्र आयेजक मूल समितिले महायज्ञ उद्घाटन कार्यक्रम एवं प्रवचन कार्यक्रममा उपस्थितिकालागी सम्पूर्ण भक्तजनहरुमा अनुरोध गरेको छ ।