इन्द्रेणी संवाददाता

घोराही, १६ चैत्र दाङमा आज एक पुरुषको शब फेला परेको छ । घोराही नगरपालीका ५ रझेनाको बालुवाटार निबासी ३८ बर्षिय विष्णुबहादुर महरा घोराही नगरपालिका ४ डबरीमा मृत अबस्थामा भेटिनुभएको छ । डबरी देखी चौघेरा जाने सडकमा गाडिले किचेको अबस्थामा शब फेला परेको हो ।

महराको टाउँमा गाडिको टायरले च्यापेको छ भने शरिरमा पनि चोट रहेको छ ।
घटनाको प्रकृति हेर्दा घटना स्थलमै गाडीको ठक्करबाट मृत्यु भएको जस्तो नदेखिएको प्रहरीले बताएको छ । गएराती पौने ११ बजे तिर एउटा गाडि आएको र
त्यहाँ रोकेको समेत स्थानियहरुले बताएका छन् । घटना प्रकृति हेर्दा अन्त कतै हत्या गरी त्यहाँ लगेर गाडिले च्यापेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । शबलाई पोष्टमार्टम गरिएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको दाङका निमित्त प्रहरी प्रमुख डिएसपी प्रकाशराज शर्माले जानकारी दिनुभएको छ । महरा केही समय पहिले रोल्पाको जेदवाङबाट घोराही झरेको आफन्त विश्वराज महराले बताउनुभयो । बस व्यवसायी रहेका महरा हिजो दिउसो १ बजे घरबाट निस्केको परिवारले जनाएको छ ।।