इन्द्रेणी संवाददाता
दाङ, १६ चैत्र । नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ आजदेखि आफ्नो स्थापनाको ६१ औं वर्षमा प्रवेश गरेकोे छ । स्थापना दिवसको अवसरमा पत्रकार महासंघ दाङले आज भालुवाङमा पुगेर अन्तक्रिया कार्यक्रम गर्दैछ ।
त्यहाँका नागरीकसंग आज विहान ११ वजे भालुवाङ क्षेत्रका समस्या र समाधानका उपाय विषयक अन्तक्रिर्या कार्यक्रम गर्न लागिएको महाँसंघ दाङका अध्यक्ष सुदिप गौतमले जानकारी दिनुभयो ।
यस्तै, महांघले आज बिहान राजधानीमा प्रभातफेरि गरेको छ भने सवै जिल्लामा विभिन्न कार्यक्रम हुँदैछन । दिवसका अवसरमा शुभकामना दिनुहुँदै महासंघका अध्यक्ष डा महेन्द्र विष्टले सबै पत्रकारलाई आफ्नो कर्तव्यपथमा निष्ठापूर्वक लाग्न सुझाव दिनुभएको छ । श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा पत्रकारहरूको पेशागत सुरक्षाको अवस्था नाजुक रहेको भन्दै उहाँले सबै सञ्चारमाध्यमका व्यवस्थापन पक्ष र सरकारसँग श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा गम्भिर हुन आग्रह गर्नुभएको छ ।।