इन्द्रेणी संवाददाता
काठमाण्डौ, १६ चैत्र । यो वर्षको एसएलसी परीक्षाको तयारी पुरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । पर्सीदेखि सुरु हुने एसएलसी परीक्षामा यस वर्ष ६ लाख १५ हजार ५ सय ५३ परीक्षार्थी सहभागी हुँदैछन । परीक्षार्थी मध्ये यो वर्ष पनि छात्राको संख्या बढी रहेको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीका अनुसार यो वर्ष छात्रको तुलनामा २ हजार १ सय ८९ ले छात्राको संख्या धेरै छ । अघिल्लो वर्ष पनि एसएलसी दिने छात्रा बढी थिए । यो वर्ष प्राविधिक तर्फ ३ हजार परीक्षार्थी रहेको पनि कार्यालयले जनाएको छ । यसैविच, नेपाल विद्युत प्राधिकरणले आजदेखि लागु हुने गरी लोडसेडिङ एक घण्टा कम गरेको छ । अबदेखि सातामा ७७ घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । पर्सीदेखि शुरु हुने एसएलसी परीक्षालाई मध्यनजर गर्दै लोडसेडिङ घटाइएको जनाइएको छ ।।
