इन्द्रेणी संवाददाता
दाङ, १६ चैत्र लमही नगरपालीकाले ऐलानी र सरकारी प्रति जग्गामा वसोवास गरेकाहरुलाई विद्युत मिटर र खानेपानीको धारा जडान गर्न चाहीने सिफारिस दिन रोक लगाएको छ । नगरपालीकाले सिफारिसमा रोक लगाएपछी उपभोक्ता समस्यामा परेका छन् । लमही नगरपालीका वडा नं. ६ को नारायणपुर वस्ती धेरै पुरानो वस्ती हो । वाढी पिडितहरुलाई त्यहाँ सारिएको थियो ।
पुुरानो वस्ती भएपनि नगरपालीकाले लालपुर्जा नभएका जग्गामा वनेका घरमा विद्युत मिटिर र खानेपानीको धारा जडानका लागी सिफारिस दिन वन्द गरेपछी नारायणपुर सहीत अन्य वस्तीका नागरिक समस्यामा परेका हुन् । नगरपालीकाले तिन हप्ता देखी ऐलानी जग्गा र प्रति जग्गामा वसोवास गर्ने नागरिकलाई विद्युतको मिटर र खानेपानीको धारा जडान गर्नका लागी सिफारिस दिन रोक लगाएको लमही नगरपालीकाका कार्यकारी अधिकृत ललीत कुमार थापाले वताउनुभयो । मन्त्रालयवाट सिफारिस नदीन कुनै परिपत्र गरिएको छैन् । तर, नगरपालीकाकाले स्थानीय स्वायत्त सासन ऐन २०५५ नियमावली २०५६ अनुसार नगरपालीका क्षेत्र भित्र रहेका ऐलानी तथा सरकारी पर्ती जग्गाको संरक्षण गर्ने उल्लेख भए अनुसार सिफारिसमा रोक लगाएको दावी गरेको छ ।।
