चितवन पहिरो – नेपाली सेनाद्वारा उद्धार कार्य जारी चितवन, २८ असार ः चितवनको महानगरपालिका–२९ नारायणगढ – मुग्लिन सडक खण्डको सिमलतालमा वीरगन्जबाट काठमाडौँतर्फ आइरहेको र काठमाडौँबाट गौरतर्फ गईरहेको यात्रुबाहक बस पहिरोमा पर्दा यात्रु खोजीमा परिचालन भएका सुरक्षाकर्मी तथा स्थानीय उद्धार कार्यमा खटिँदै । तस्बिर सौजन्य ः नेपाली सेना÷रासस

चितवन। गएको असार २८ गते चितवन महानगरपालिकाको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसे । ती बसमा करीव ६५ यात्रुहरु सवार भनिएको छ । ती सवार केहीको शब फेला परेपनि बस र धेरै यात्रुको अवस्था अझै अज्ञात छ । यहाँको जनशक्तिले बस र यात्रुको अवस्था पत्ता लगाउन सकेन अनि भारतबाट समेत जनशक्ति मगाएर खोजी गरियो । तर अवस्था अझै अज्ञात छ । खोजिको क्रममा सोनार क्यामरा, जुम्बक लगाएतका प्रविधि प्रयोग गरियो । तर अत्तो लाग्न सकेछ । अझ अच्चमाको कुरा त के भो भने बसको खोजि गर्नका लागि प्रयोग गरिएको १९ किलोको चुम्बक नै त्रिशूलीमा हराएको छ ।

बस खोजी गर्ने क्रममा १९ किलोको चुम्बक त्रिशूलीले बगाएर बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका सूचना अधिकारी, प्रहरी उपरीक्षक जनक पुरीले एउटा १९ किलोको चुम्बक हराएकाले अहिले बस र चुम्बक दुवैको खोजी भइरहेको जनाएका छन् । चुम्बक विहीबार हराएको बताइएको छ ।

गएको असार २८ गते वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नंको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नंको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो। बसमा सवार ६५ जनामध्ये तीनजना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए। २४ यात्रुको विभिन्न क्षेत्रबाट शव फेला परेको छ तर दुई बससँगै ३८ यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन।