इन्द्रेणी संवाददाता

दाङ । दाङको धार्मिक पर्यटकीय स्थल पाण्डवेश्वर महादेव धाम धारापानीमा श्री शिव महापुुराण सत्संग ज्ञान महायज्ञ एवं श्रृंगारिक महाआरती शुरु भएको छ ।

श्री शिव महापुुराण सत्संग ज्ञान महायज्ञ एवं श्रृंगारिक महाआरतीको घोराही उपमहानगरपालिकाका मेयर नरूलाल चौधरीले दिप प्रज्वलन गरेर उद्घाटन गरे ।

साउन १ गतेदेखि शुरु भएको श्री शिव महापुुराण सत्संग ज्ञान महायज्ञ एवं श्रृंगारिक महाआरती महिनाको अन्तिम अर्थात ३२ गतेसम्म चल्ने छ ।

आज साउन २ गतेदेखि श्रावण ३२ गतेसम्म बिहान ४ बजेदेखि बिहान ६ बजेसम्म, रुद्राभिषेक नृत्य पुजा, बिहान ७ देखि १० बजेसम्म पाठ पारायाण, बिहान साढे ११ बजेदेखि दिउसो साढे ३ बजेसम्म कथा प्रवचन तथा साउन र साढे ३ बजेदेखि कथा समापन तथा आरती संचालन हुने छ ।