रुकुम । वर्षातका कारण आएको बढीले घर बगाउँदा रुकुम पश्चिममा तीन बालिकाको मृत्यु भएको छ । सोमबार राती आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु भएको हो ।

घटनामा परी एक जना बेपत्ता भएका छन् भने सात जना घाइते भएको आठविसकोट नगरपालिका प्रमुख रबी केसीले जानकारी दिएका छन् ।

मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्की छन् ।
घाइते सात जनाको आठविसकोटस्थित नगर अस्पतालमा उपचार भइरहेको छ ।