दाङ । दाङको देउखुरीमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । जंगलमा च्याउ टिप्न गएको समयमा भालुको आक्रमणबाट लमही देउपुरकी ४६ वर्षीय सहरी घर्ती गम्भीर घाइते भएकी हुन् ।

उनलाई आज विहीबार विहान साढे पाँच बजेतिर लमही नगरपालिका–६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा जङ्गली च्याउ टिप्ने क्रममा भालुको आक्रमण गरेको हो । अनुहारमा गम्भिर चोट लागेको छ भने दुवै हात भाँचिएको छ ।

घर्तीको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागी बुटवल लगिएको छ । घर्ती चार/पाँच जनाको समुहमा च्याउ टिप्न जङ्गल पुगेका थिए । दुई जना साथीलाई भालुको नङ्ग्रा लागेको भएपनि भाग्न सफल भएको प्रहरीले जनाएको छ ।