इन्द्रेणी संवाददाता
दाङ । दाङमा जंगली च्याउ खादा एक जना गम्भीर विरामी परेका छन् । घोराही उपमहानगरपालिका १५ की १८ वर्षीया राधा पुन गम्भीर विरामी परेकी हुन् ।

आज विहान घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी उनका परिवारका चार सदस्यले खाएको तर उनी मात्रै विरामी परेको बताइएको छ । उनको अहिले घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।