काठमाडौँ । जनता समाजवादी पार्टी पनि सरकारबाट बाहिरिएको छ । पार्टी अध्यक्ष अशोककुमार राईले आज प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका बताएका छन् ।
पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उक्त पार्टीबाट मन्त्री बनेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव, बन तथा बातावरणमन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसीना खानले पनि राजीनामा दिएका छन् । जसपाले पहिले नै नयाँ गठबन्धनलाई समर्थन जनाउने बताइसकेको छ ।
