एजेन्सी । विमान दुर्घटनामा मलावीका उपराष्ट्रपति साउलोस चिलिमाको मृत्यु भएको छ । मलावीको हिमाली क्षेत्र चिकाङ्गावा हिमालय श्रृङ्खलामा भएको विमान दुर्घटनामा उनीसँगै गएकी उनकी श्रीमतीसहित नौ जनाको पनि मृत्यु भएको छ ।
मलावीको राष्ट्रपति तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी विज्ञप्तिमा मलावीका राष्ट्रपति लाजरस चकवेराले राष्ट्रिय शोकको घोषणा गरेका छन्। सोमबार बिहान मलावीको राजधानी लिलोङ्वेबाट उडेको उक्त सैन्य विमानमा सवार सबैको दुर्घटनामा मृत्यु भएको हो ।
साउलोस चिलिमा र विमानमा सवार अन्य अधिकारी मलावीका पूर्व महान्यायाधिवक्ताको अन्त्येष्टिमा भाग लिन जाँदै थिए । मौसम खरावीका कारण विमान दुर्घटना भएको बताइएको छ । राष्ट्रपति लाजरस चकवेराले विमानको भग्नावशेष फेला परेको तर कोही पनि जीवित नभेटिएको बताएका छन् ।
