काठमाडौं । आइसिसी टी २० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ । यससँगै नेपाल र श्रीलंकाले एक/एक अंक बाँडेका छन्।
टी–२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल टस समेत नभई रद्द भएको छ। भारी वर्षाका कारण खेल रद्द भएको हो। बिहानैदेखिको वर्षा बेलुकी केही समय रोकिएपनि मैदानमा पानी जमेका कारण खेल हुन सकेन्।
लगातार दुई खेलमा पराजित श्रीलंका भने बाहिरिएको छ भने नेपालको आशा जिवितै रहेको छ। अब बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्टइन्डिज जानेछ। वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा नेपाली टोलीले यही जेठ ३२ गते दक्षिण अफ्रिका र आगामी असार २ गते बङ्गलादेशसँग खेल्नेछ।
