काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल भारत जाँदैछन् ।

मोदीले नेपाली समयअनुसार आज साँझ सवा ७ बजे हुने शपथ लिदैछन् । शपथग्रहण समारोहमा प्रधानमन्त्री दाहालको साथमा कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीकी स्वकीय सचिव गंगा दाहाल र शिष्टाचार महापालपनि भारत जाँदैछन् ।

मोदीको शपथग्रहणपछि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आइतबारै साइडलाइनमा भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड भोलि मात्रै स्वदेश फर्किने छन्। भारतीय प्रधामन्त्री मोदीले तेस्रो पटक प्रधानमन्त्रीका लागि शपथ लिदैछन् ।