रुकुम । रुकुमपश्चिममा जिल्ला अस्पताल सल्लेमा चेकजाँच गराउन हिडेका सात वर्षका जुम्ल्याहा छोरासहित एक महिला बेपत्ता भएकी छन् ।
जिल्लाको बाँफिकोट गाउँपालिका–८ निवासी २४ वर्षीया अंकीता केसी नाथ जुम्ल्याहा छोरा कुशल र किस्मत नाथसहित बेपत्ता भएकी हुन् ।
घरबाट जिल्ला अस्पताल सल्लेमा चेकजाँचका लागि भन्दै हिँडेकी खत्री जेठ १३ गते वेपत्ता छन् । हालसम्म परिवारको सम्पर्कमा नआएपछि खोजी कार्यका लागि निवेदन प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
खत्रीका ससुरा बुबा हरिबहादुर नाथले बुहारी र नातिहरूको खोजीकार्यको मागसहित प्रहरीमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिएका छन् ।
प्रहरी निरीक्षक शाहीले सबैतिर हुलिया परिपत्र गरिएको बताए । भेट्नले नजिकैको प्रहरी चौकी वा आफन्तलाई सम्पर्क गरिदिन अनुरोध गरिएको छ। बेपत्ता खत्रीका श्रीमान् वैदेशिक रोजगारीको लागि देश बाहिर थिए । श्रीमती र छोरा बेपत्ता भएको खबरपछि उहाँपनि नेपाल फर्फिको बताइएको छ ।