तुलसीपुर । दाङको तुलसीपुरमा एक जनाले आफ्नै श्रीममतीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन् ।

तुलसीपुर उपहानगरपालिका – ६ बस्ने ३६ बर्षीय शालिकराम बुढाथोकीले श्रीमती २७ बर्षीया टीका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन् ।

आज शुक्रबार बिहान सवा ८ बजेतिर बुढाथोकीले श्रीमतीको हत्या पछि सोही खुकुरी लिएर फरार भएको बताइएको छ । खुकुरी प्रहार गर्ने बुढाथोकी ज्वाला दल गणमा कार्यरत नेपाल आर्मी रहेको बुझिएको छ ।

श्रीमतीले परपुरुषसँग अनैतिक सम्बन्ध राखेको भन्दै श्रीमतीको हत्या गरिएको भन्ने सुन्नामा आएको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।