काठमाडौं । न्युयोर्कको नासाउ काउन्टी स्टेडियम भइरहेको टी–२० विश्वकप अन्तर्गत आज भारत र पाकिस्तान भिड्दैछन्। समुह ए अन्तर्गत भारत र पाकिस्तानबीच खेल हुन लागेको हो। नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुने छ।

जारी विश्वकपमा भारतले आयरल्याण्डविरुद्ध जित हासिल गरेर सुखद शुरुवात गरेको छ भने पाकिस्तानले भने आफ्नो पहिलो खेलमा अमेरिकासँग हार बेहोरेर खराब शुरुवात गरेको छ। भारत र पाकिस्तानबीच अहिलेसम्म कुल १२ टी–२० खेल भएका छन्। जसमा भारतले ९ खेलमा जित हासिल गरेको छ भने पाकिस्तानले ३ खेल जितेको छ। यसअघि भारत र पाकिस्तानबीच सात पटक टी–२० विश्वकपमा प्रतिस्पर्धा भइसकेको छ ।