काठमाडौँ । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दामा आगामी असार १२ गते निर्णय सुनाउने भएको छ ।
सर्वोच्चका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले उक्त मुद्दामा असार १२ गते फैसला सुनाउने मिति तोकिएको हो।
१२ वर्षअघि अर्थात् २०६९ मङ्सिरमा अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले आफ्नो पतिको हत्यामा सापकोटा सूर्यमान दोङसहितका माओवादी कार्यकर्ताहरू यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानमाथि छानबिन गर्न आदेशको माग गर्दै रिट दायर गरेकी थिइन् ।
