इन्द्रेणी संवाददाता
‘प्रदूषणलाई निर्मुल पारौ, वातावरणको संरक्षण गरौ’ भन्ने नाराका साथसडक सरसफाई गरेर विश्व वातावरण दिवस मनाएको छ । प्रत्येक बर्ष जुन ५ का दिन विश्वभरि मनाइने गरिएको यो दिवस सभ्यता पाठशालामा पनि मनाइएको हो ।
सभ्यता पाठशालामा अध्ययनरत विद्यार्थीहरुले आफ्नो विद्यालय रहेको टोलको सरसफाई गरेर समुदायमा सचेतना प्रदान गर्न यस्तो कार्यक्रमको आयोजना गरिएको बताउछन विद्यालय कप्तान अनुभव गिरी ।
सफसफाई कार्यक्रममा बोल्दै कप्तान गिरीले भने हामीले आज विश्व वातावरण दिवसका दिन सडक सफा गरेर समाजमा सचेतना प्रदान गर्न खोजेको मात्र हो । पछिल्लो समय हाम्रो वातावरण तथा पर्यावरण प्रदूषण हुँदै गैरहेको छ । हामीले बेलैमा वातावरण जोगाउन सकेनौं भने भविष्यमा मानव जीवन नै संकटमा पर्न सक्छ ।
त्यस्तै विद्यालयले समाजमा वातावरण जोगाउन विद्यार्थीहरुले सडक सरसफाई गरेको कोर्डिनेटर पुष्पा तामाङले बताइन । वातावरण दिवसका दिन मात्र नभएर संधै सरसफाई गर्नुपर्ने उनको भनाइ थियो ।
फोटो फिचर