काठमाडौं । मधेश सरकारबाट एकीकृत समाजवादी बाहिरिएको । योसँगै केन्द्रीय गठबन्धनअनुसारको सरकार बन्ने बाटो खुलेको छ ।

सरकारको निरन्तरता वा नयाँ सरकार गठनमा निर्णायक रहेको एकीकृत समाजवादीले मंगलबार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको छ । एकीकृत समाजवादी सरकारबाट वाहिरिएसँगै मधेशका मुख्यमन्त्री सरोज यादवले विश्वासको मत प्राप्त नगर्ने स्पष्ट छ ।

एकीकृत समाजवादीका दुई मन्त्री पनि मंगलबार नै फिर्ता भएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायातमन्त्री बेची लुंगेलीले पदबाट राजीनामा दिएका हुन् ।