दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम सार्वजनिक गरे ।
सरकारको नीति तथा कार्यक्रमलाई कृषि क्षेत्रलाई प्राथमिकता दिइएको छ । सरकारले आफ्नो नीति तथा कार्यक्रममा कृषि क्षेत्र अन्तर्गत माटो सुधार गर्ने नीति तथा कार्यक्रम पनि लिएको छ । स्वस्थ्य जीवनको आधारः माटोमा सुधार” उर्वरा शत्ती बढाउन जैविक पदार्थको वृद्धि गर्ने रैथाने बालीलाई संरक्षण गर्ने लक्ष्य छ भने योजना बैंक खडा गरेर योजनाको प्राथमिकीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । लुम्बिनीका १२ जिल्लामा सञ्चालित भएका पुराना योजनालाई पूरा गर्ने लक्ष्य छ ।
लुम्बिनी प्रदेशका गौरवका आयोजनाहरु लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश राजधानी सहरको विकास तथा निर्माण, एकिकृत आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिक्षण अस्पताल, राप्ती प्रादेशिक अस्पताल निर्माण, लुम्बिनी प्राविधिक विश्वविद्यालयको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाउने पनि नीति कार्यक्रममा उल्लेख छ ।
त्यस्तै लुम्बिनीमा पर्यटक भित्र्याउने, प्रदेशभित्र पर्यटन प्रवर्द्धन गर्दै वन, कृषि, पर्यटन, उद्योग, जडीबुटीलगायत क्षेत्रबाट उद्यमशितलाको विकाससहित आर्थिक समृद्धिमा सम्पन्न प्रदेश बनाउने लक्ष्य सरकारले राखेको छ ।











