काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सामेल गराएर मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री दाहालले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन् ।

दाहालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिएर सरकारमा सामेल गराउने आश्वासन दिएपछि श्रेष्ठ पनि मन्त्री बन्ने तयारीमा छन् । अहिले नागरिक उन्मुक्ति पार्टी सरकारलाई समर्थन दिएर सरकार वाहिर छ ।