काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८०’ पेस गर्ने कार्यसूची छ।

बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ। हिजो आइतबारदेखि जारी छालफल भोलि सकेर पास गर्ने तयारी छ।

त्यस्तै राष्ट्रियसभाको बैठकमा पनि १२ः१५ बजेका लागि बोलाइएको छ । बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहने छ।