दाङ। नेकपा एमालेका महासचिव शंकर पोख्रेलले देशको विकासका लागि वर्तमान गठनबन्धनको विकल्प नभएको बताएका छन् । एमाले दाङको १४ औं जिल्ला अधिवेशनलाई घोराहीमा सम्बोधन गर्दै महासचिव पोख्रेलले जनतामा देखिएको निराशालाई चिर्दै मुलुकलाई आर्थिक संकटबाट बचाउन वर्तमान गठबन्धन बनेको दावी गरे ।

एमाले पाटीको चर्चा गर्दै महासचिव पोख्रेलले २०८४ सालको निर्वाचनबाट नेकपा एमाले देशमा बलियो शक्तिका आउने समेत दावी गरे । एमाले राष्ट्रिय राजनीतिको प्रमुख शक्ति रहेको भन्दै देशलाई सही बाटो पनि एमाले दिने बताए ।

नेकपा एमाले दाङको अधिवेशन आज जेठ ७ गतेसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। नयाँ नेतृत्वका वर्तमान अध्यक्ष हुकुम बस्नेत, प्रदेश कमिटी सदस्य शिवकुमार आचार्य र वर्तमान जिल्ला सचिव मनोहर बुढाथोकी नेतृत्वका आकांक्षी छन् ।