इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं. २ मा भएको उपनिर्वाचनबाट एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङ २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका हुन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका छन् । सुहाङ एमाले नेता स्व.सुवास नेम्वाङका छोरा हुन् ।
२०८० भदौ २७ मा पूर्व सभामुख तथा पूर्व संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम २ रिक्त थियो ।
