काठमाडौं । वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित ३२ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आज बिहीबार आयोगले विशेष अदालतमा पुगेर पूर्व पर्यटनमन्त्री शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकरप्रसाद अधिकारीसहितका ३२ जनालाई प्रतिवादी बनाइ आरोप पत्र दर्ता गराएको हो ।
मुद्दा दर्ता भएकोबारे विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले ए ३३०-२०० विमान खरिदमा भएको अनियमितताका सम्बन्धमा आरोपपत्र दर्ता भएको बताए । ३२ जनामा जसमा २४ जना नेपाली र आठ जना विदेशीलाई प्रतिवादी बनाइएको छ ।
अख्तियारले वाइडबडी खरिदमा एक अर्ब ४७ करोड दश लाख ८५ हजार ४८२ रुपियाँ ८५ पैसा बिगो माग दाबीसहित आरोप पत्र दर्ता गरेको छ ।
