तुलसीपुर । तुलसीपुर उपमहानगरपाललिकाले टरिगाउँ विमानस्थल विस्तारका लागि नागरिक उड्यन प्राधिकरणलाई जग्गा उपलब्ध गराउने भएको छ ।

उपमहानगरपालिकाले प्राधिकरणले कपास विकास समितिको जग्गा दिने तयारी गरेको हो ।
उपमहानगरको २१ औँ कार्यपालिका बैठकले कपास विकास समितिको जग्गा नागरिक उड्यन प्राधिकरणका नाममा नामसारी गर्ने निर्णय गरेको मेयर टिकाराम खड्काले बताए ।

निर्णय अनुसार विमानस्थलदेखि दक्षिणतर्फ रहेको कपास विकास समितिको तीन बिगाह जग्गाको हकभोग अधिकारसहित नागरिक उड्यन प्राधिकरणका नाममा नामसारी गर्ने छ । जग्गा नामसारीका लागि भूमि व्यवस्था शाखालाई निर्देशन समेत दिइसकेको उपमहानगरपालिकाले जनाएको छ ।

हाल विमानस्थलको रनवे हाल ७ ५० मिटर मात्रै छ । रनवे कम भएका कारण यहाँ टुइनेटर विमान मात्रै बस्ने गरेका छन् । जग्गा पाएपछि प्राधिकरणले रनवेलाई १८०० मिटर पु¥याउने लक्ष्य राखेको छ ।