दाङ, २ बैशाख
आज चैते दशैं, हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन चैते दशैं मनाउने गरिएको छ । आजको दिन दुर्गाभवानीको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । वर्षमा दुईपटक चैत र अशोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ ।
chaiteयसअघि चैतमै पर्ने गरेको यो पर्व तिथि धकेलिएका कारण यो वर्ष भने बैशाखमा परेको हो । अशोजमा मनाइने बडादसैँ भन्दा कम महत्वको मानिएपनि चतै दसैँको दिन पनि देवीको मन्दिरहरुमा बली दिने र पूजा आराधना गर्ने गरिन्छ ।

चैते दसैँको अवसरमा दाङका अम्विकेश्वरी, स्विकोट, छिल्लीकोट लगायतका शक्तिपीठमा दर्शनार्थीको घुईंचो लागेको छ ।।