इन्द्रेणी संवाददाता
दाङ, २ बैशाख
सरकारले आजदेखि भर्ना अभियान सुरु गर्ने भएको छ । ‘हामी सबैको इच्छा, सर्वसुलभ विद्यालय शिक्षा’ भन्ने नारा दिएर आजदेखि भर्ना अभियान सञ्चालन हुन लागेको हो । विद्यालय बाहिर रहेका साढे ५ लाख बालबालिका विद्यालयमा ल्याउन भर्ना अभियान सञ्चालन गर्न लागिएको हो ।
शिक्षा विभागका अनुसार आधारभूत तह (कक्षा १–८) सम्म अध्ययन गर्ने उमेर समूहका ५ लाख ५१ हजार ५ सय ४२ बालबालिका विद्यालयबाहिर छन् । ५ देखि १६ वर्ष उमेरका ६५ लाख ६२ हजार विद्यार्थीहरू विद्यालय तहमा अध्ययनरत छन् । यता, जिल्ला शिक्षा कार्यालय दाङले पनि विद्यालय वाहिर रहेका ५ सय ४० वालवालिकालाइ विद्यालयमा ल्याउन प्रयास थाल्ने जानकारी दिएको छ ।
५ देखि १२ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर भर्ना अभियान सुरु गर्ने योजना बनाएको सहायक जिल्ला शिक्षा अधिकारी रुद्रप्रसाद रेग्मीले जानकारी दिनुभया । भर्ना अभियानअन्तर्गत वैशाख १४ सम्म बाहिर रहेका विद्यार्थी कक्षामा ल्याउने, उनीहरूलाई टिकाइ राख्ने र सिकाइ उपलब्धिमा सुधार गर्ने कार्यक्रमलाई प्राथमिकता दिइएको शिक्षा कार्यालयले जनाएको छ ।
वैशाख दोस्रो सातादेखि अन्तिसम्म घरदैलो कार्यक्रम पनि गरिने छ । यसैविच, जिल्ला शिक्षा कार्यालय दाङले आज शिक्षासंग सरोकार राख्ने निकाय र पत्रकारहरुसंग छलफल गर्दैछ ।।