दाङ । दाङमा होली पर्वका दिन सोमवार ट्राफिक नियम पालन नगरी सवारीसाधन चलाउने ७१ जना कारवाहीमा परेका छन् ।

होलीको दिनमा हेल्मेट नलगाएर मोटरसाइकल चलाउने, कागजपत्र साथमा नलिएर सवारी चलाउने, मादक पदार्थ खाएर सवारी चलाउनेलगायतका ट्राफिक नियम पालन नगर्ने सवारी चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक कार्यलय दाङका प्रमुख प्रहरी निरीक्षक किरणप्रकाश मल्लले बताए ।

उनका अनुसार यसरी कारवाही गर्नेमा मादक पदार्थ खाएर सवारी चलाउने १२ जना, मोटरसाइकलमा तीन जना (सीट क्षमताभन्दा बढी) बसालेर चलाउने २९ जना, हेल्मेट नलगाएर मोटरसाइकल चलाउने १२ जना र कागजपत्र साथमा नलिएर सवारी चलाउने ९ जना रहेका छन् ।

जिल्लाका विभिन्न स्थानमा गरिएको ट्राफिक चेकजाँचका क्रममा उनीहरु कारवाहीमा परेका हुन् । ट्राफिक नियम पालना नगरी सवारी चलाउनेहरुलाई नियमअनुसार कारवाही गरिनेछ ।