दाङ । आज पहाडी र हिमाली क्षेत्रमा होली पर्व मनाइँदैछ । अधिल्ला वर्षहरुमा फागुन महिनामा पर्ने फागु अर्थात होली पर्व यसवर्ष भने चैत महिनामा परेको छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने होली पर्व हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाउने गरिन्छ । आज काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा यो पर्व मनाइदैछ ।

सरकारले आज पहाडी र हिमाली क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । तराईमा भने यो पर्व भोलि मनाइने भएकाले सरकारले तराईँका जिल्लामा भोलि मात्रै सार्वजनिक बिदा छ ।