दाङ । चैत १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा दाङबाट १२ हजार ८ सय ९८ जना विद्यार्थीले भाग लिदैछन् । जिल्लाका सामुदायिक तथा निजी गरी २४४ विद्यालयका १२ हजार ८ सय ९८ जना विद्यार्थी सहभागी हुन लागेका हुन् ।

शिक्षा विकास तथा समन्वय एकाइ दाङका अनुसार जिल्लामा ५ हजार ७६३ छात्र र ६ हजार ४६५ जना छात्रा छन् । परीक्षाका लागि जिल्लाभरी ४७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख देवमणि चौधरीले बताए । यस बर्ष ६ जना दृष्टिविहीन विद्यार्थीले पनि एसइई परीक्षा दिन थालेका छन् । यस वर्षको एसईई परीक्षा चैत्र १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुदैछ ।